वडाध्यक्ष कपको पुरस्कार राशी निर्धारण

रोल्पा अनलाइन Friday, April 12, 2019


रोल्पा । सुनिलस्मृति गाउँपालिकाको ४ नम्बर वडा कार्यालय सुलिचौरले आयोजना गर्न लागेको वडाध्यक्ष कपका लागि पुरस्कार राशी निर्धारण गरिएको छ । वडाध्यक्ष कप मूल समारोह समितिको हालै बसेको बैठकले पुरस्कार राशीको निर्धारण गरेको वडाध्यक्ष एवम् मूल समारोह समितिका संयोजक गञ्ज क्षेत्रीले जानकारी दिनुभयो ।
आगामी बैसाख १०, ११ र १२ गते सुलिचौरस्थित दोस्रो रोल्पा महोत्सव सञ्चालन गरिएको मैदानमा हुने वडाध्यक्ष कपमा पुरुष, महिला भलिबलका लागि प्रथम पुरस्कार २५÷२५ हजार, दोस्रो पुरस्कार १५÷१५ हजार र तृतिय पुरस्कार १०÷१० हजार निर्धारण गरिएको छ । यस्तै तेक्वान्डोमा प्रथम पुरस्कार १ हजार ५ सय, दोस्रो १ हजार र तृतिय पुरस्कार ५ सय रहेको छ । रस्साकस्सिमा प्रथम, दोस्रो र तृतिय क्रमशः ३, २ र १ हजार रहेको छ भने वडाध्यक्ष घैटाफोरको लागि २ हजार ५ सय पुरस्कार रहेको छ । प्रत्येक वडाबाट १÷१ टिम मात्र समाबेश हुने उक्त कपमा पुरुष भलिबल ८ टिम, महिला भलिबलमा ८ टिम , रस्सा कस्सि मा ८ टिम र वडाध्यक्ष घैटो फोडमा ८ जना वडाध्यक्षहरुले भाग लिने भएका छन् ।
तेक्वान्दो खेलमा ३० देखि ६० के.जीसम्म को जम्मा ६ तौलबीको खेल हुने बताइएको छ ।

282 total views, 1 views today