गुराँस साहित्य मेलाका लागि उपसमिति गठन

रोल्पा अनलाइन Thursday, April 11, 2019


रोल्पा । रोल्पा गुराँस साहित्य मेला २०७६ मूल आयोजक समारोह समितिको आयोजनामा सम्पन्न बैठकले उपसमितिहरु पुर्ण गरेको छ । मुल आयोजक समितिका सदस्यहरु रहने गरी अन्य सदस्य थप गर्दै उपसमितिहरु निमार्ण गरेको हो । समितिले देवी गुरुङको संयोजकत्वमा रहेको प्रचार प्रसार समितिमा लोकेन्द्र सेन र रेशम बिक रहेको उपसमिति, दामु मर्सिफूलको संयोजकत्वमा रहेको स्वागत सत्कार उपसमितिमा कृष्ण प्रसाद न्यौपाने, दिलकुमारी बुढा, ओम पन्छीको संयोजकत्वमा रहेको भोजन तथा आवास उपसमितिमा मेघु शाह, ओम पन्छीको नेतृत्वमा रहेको आर्थिक ब्यवस्थापन उपसमितिमा रेखा नेपाली, अमर जिएम, नविन लोचन मगरको संयोजकत्वमा रहेको मन्च ब्यवस्थापन उपसमितिमा नारायण जिज्ञासु र सन्तोष हरदम, पुरस्कार तथा प्रमाणपत्र ब्यवस्थापन उपसमितिमा लोक आलोकको संयोजकत्वमा अन्य सदस्य थप गर्ने, गोर्कण प्रसाद पुनको संयोजकत्वमा सफल बुढामगर, हेमन्त खत्री, नविन लोचन मगरको संयोजकत्वमा रहेको झाँकी ब्यवस्थापन उपसमितिमा दीपेन्द्र शर्मा र भुपेन्द्र जिएम, दीप दपर्णको संयोजकत्वमा रहेको अतिथि समन्वय उपसमितिमा नविन बिभास र राज शाह सदस्य, खेमराज गाउँलेको संयोजकत्वमा रहेको कविता प्रतियोगिता ब्यवस्थापन उपसमितिमा ब्योमजी अवतार र पर्शुराम बुढा सदस्य रहने गरी उपसमितिहरु निमार्ण गरेको छ ।
यसैगरी बैठकले कविता प्रतियोगिताका लागि समय नजिकिदै गरेको हुँदा चाँडो भन्दा चाँडो प्रतियोगिता कविता माग्ने निर्णय गरेको हो ।

361 total views, 1 views today