सुलिचौरमा प्रथम वडाध्यक्ष कप हुदै

रोल्पा अनलाइन Tuesday, April 9, 2019


रोल्पा । सुनिलस्मृति गाउँपालिकाको ४ नम्बर वडा कार्यालय सुलिचौरले आगामी बैशाखमा वडाध्यक्ष कप सञ्चालन गर्ने भएको छ । खेलकुदको विकासका लागि वडाले विनियोजन गरेको ३ लाख बजेटबाट वडाले प्रथम वडाध्यक्ष कप–२०७५ आयोजना गर्न लागेको वडाध्यक्ष गञ्ज क्षेत्रीले बताउनुभयो ।
बैसाख १०, ११ र १२ गते संचालन हुने वडाध्यक्ष कपमा पुरुष, महिला भलिबल, तेक्वान्डो, रस्साकस्सि र वडाध्यक्ष घैटाफोर खेल हुने वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । प्रत्येक वडाबाट १÷१ टिम मात्र समाबेश हुने उक्त कपमा पुरुष भलिबल ८ टिम, महिला भलिबलमा ८ टिम , रस्सा कस्सि मा ८ टिम र वडाध्यक्ष घैटो फोडमा ८ जना वडाध्यक्षहरुले भाग लिने भएका छन् ।
तेक्वान्दो खेलमा ३० देखि ६० के.जीसम्म को जम्मा ६ तौलबीको खेल हुने बताइएको छ । वडाध्यक्ष कप सञ्चालनका लागि वडाले सरोकारवालाहरुसंग छलफल गरेको छ । वडाध्यक्षको संयोजकत्वमामा ११ सदस्यीय मूल समारोह समिति गठन गरेको वडा कार्यालयले जनाएको छ । यस्तै उपसमिति गठन र पुरस्कारको रासी भने २७ गतेको मूल समारोह समितिको बैठकले निर्णय गर्ने भएको छ ।

477 total views, 1 views today