जिल्लाकै पहिलो पाइलट डाँगीलाई सम्मान

रोल्पा अनलाइन Sunday, April 7, 2019


रोल्पा । रोल्पा जिल्लाकै पहिलो र एक मात्र पाइलट क्याप्टेन शिव डाँगीलाई सम्मान गरिएको छ । रोल्पा उद्योग वाणिज्य संघले आफ्नो १५औं साधारणसभाको अवसर पारेर शनिवार लिबाङमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले रोल्पा नपा–२ निवासी क्याप्टेन डाँगीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गर्नुभयो । यस्तै जिल्लाका विभिन्न व्यक्तिहरुलाई पनि संघले सम्मान गरेको थियो ।


रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । रोल्पाका पहिलो पाइलट डाँगीले बुद्ध एयरको काठमाण्डौ–विराटनगरको उडान गराउदै आएका छन् ।

752 total views, 2 views today