रोल्पा गुराँसे साहित्य मेला हुदैं

रोल्पा अनलाइन Tuesday, April 2, 2019

रोल्पा । साहित्य मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रोल्पामा गुराँसे साहित्य मेला हुने भएको छ । रोल्पा नगरपालिकाको आयोजनामा आगामी बैशाख १५, १६ र १७ गते जिल्लाको सदरमुकाम लिबाङ र पर्यटकिय क्षेत्र जलजलामा राष्ट्रिय ख्यातीप्राप्त साहित्यकार तथा पत्रकारहरुको सहभागितामा गुराँसे साहित्य मेला हुने भएको हो । धार्मिक, साँस्कृतिक र राजनीतिक हिसावले महत्व बोकेको जिल्लाको पर्यटकीय स्थल जलजलाको प्रचारप्रसार सँगै स्थानीय लोक सँस्कृतिको विकास गर्ने उद्देश्लले मेला गर्न लागिएको मेला मूल आयोजक समितिका संयोजक एवम् साहित्यकार डी.बी. टुहुरोले बताए ।
जिल्लाको जलजला क्षेत्रलाई संघिय सरकारले देशभरका १०० गन्तव्यको सूचीमा राखेकाले त्यसको प्रचार प्रसारमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको भनाई छ ।
राष्ट्रिय कविता प्रतियोगिता, जलजला पदयात्रा, गुराँससँग साहित्य लगायत १० वटा सत्रमा सञ्चालन हुने गुराँसे साहित्य मेलाले रोल्पा जिल्लाको कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

466 total views, 1 views today