नेता आचार्यलाई माहात्मा गान्धी एशियाली शान्ति पुरस्कार

रोल्पा अनलाइन Friday, March 22, 2019


रोल्पा । दश वर्षे सशस्त्र द्वन्द्वको समयदेखि नै रोल्पा जिल्लाबाट नेपाल विद्यार्थी संघको राजनीति गर्दै हाल केन्द्रीय राजनीतिक तहमा रहनुभएका नेपाली काँग्रेसका युवा नेता मनोजमणी आचार्य माहात्मा गान्धी एशियाली शान्ति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
विगत लामो समयदेखि निष्ठा, दक्षता र इमान्दारिताका साथ संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ एवम् संविधान निर्माणमा प्रशंसनीय भूमिका खेलेको भन्दै होलीको अवसरमा राजधानीमा आयोजित विशेष समारोहमा नेता आचार्यलाई सम्मान गरिएको हो ।

देशको द्वन्द्व व्यवस्थापन, पर्यटन विकास, साहित्यिक विकास र उपभोक्ता हक–हितको अभ्यास मार्फत विविध क्षेत्रको सुधार, जनताको हक–हित संरक्षणमा पु-याएको योगदानको कदर गर्दै सो पुरस्कार दिइएको आयोजकले जनाएको छ ।
नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री आचार्य विगत लामो समयदेखि संघर्षपूर्ण विद्यार्थी राजनीतिबाट आउनुभएका नेता हुनुहुन्छ ।

337 total views, 1 views today