रोल्पाबाट ३ जना तेक्वान्डोका खेलाडी छनोट

हेमन्त खत्री Wednesday, March 20, 2019


रोल्पा, चैत ६ । आसन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा रोल्पाबाट ३ जना तेक्वान्डोका खेलाडीले भाग लिन पाउने भएका छन् ।
‘आठौ राष्ट्रिय खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ यहि चैत २ गतेदेखि ५ गतेसम्म प्यूठान जिल्लाको विजुवार कवर्डहलमा भएको आठौं राष्ट्रिय खेलकुद २०७५, ५ नं. प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताबाट ति खेलाडीहरु छनौट भएका हुन् । प्रदेश स्तरीय टिम तथा खेलाडी छनोट खेल खेल्नका लागि रोल्पा जिल्लाबाट११ जना खेलाडीप्यूठान तर्फ प्रस्थान गरेको थियो । जसमा तेक्वान्दोवाट फाइट बाट २स्वर्ण र २ कास्यगरी जम्मा ४ पदक प्राप्त गरेको छ ।
जसमा स्वर्ण पदक र महिला तर्फ वेस्टप्लेर हातपार्नेमा श्री ममता रिजाल रअर्को स्वर्ण पदक हात पार्नेमाश्री सृजना विष्टरहेका छन,कास्य पदक हातपार्नेमा धिरेन बुढा र विवेक विष्ट, रहेका छन् भने अव उपरान्त हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रोल्पा जिल्लाबाट तेक्वान्दो खेलमा फाइट तर्फ २ जना र पुम्से तर्फ १ जना गरी जम्मा ३ जनाले भाग लिन जाने छन् ।
उक्त खेलमा रोल्पावाट भागलिन गएका ११ जना मध्ये ४ जनाले पदक प्राप्त गरेको रोल्पा जिल्लाबाट तेक्वान्दो कोचमा खटिनु भएका लोकेन्द्र सेन (सिम्पल कान्छाले) जानकारी दिनुभएको छ ।

340 total views, 1 views today