नेकपा माडी गाउँपालिका कमिटिद्धारा राहत प्रदान

रोल्पा अनलाइन Monday, March 18, 2019


रोल्पा, चैत्र ४ । रोल्पाको माडी गाउपालिका–१ भितावाङ निवासी आग्नि पीडित रामकली घर्तीमगरलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका कमिटिले सहयोग प्रदान गरेको छ । पार्टी कमिटिले घर आगलागीबाट पीडित घर्तीमगरलाई रु १० हजार राहत स्वरुप सहयोग प्रदान गरेको हो । पार्टी कमिटिले यसअघि पनि गत माघ २८ मा माडी गाउपालिका १ बल्लेका भिमसिंह वलीको घर आगलागि हुदा राहत स्वरुप रु १० हजार सहयोग गरेको थियो ।

यसैगरी माडी गाउपालिका १ तुसारपानी मसिनाका धन बहादुर बुढा किसानको खरको छानो चुहिएर हैरान भइरहेको हुदा रु ८० हजारको टिन समेत खरिद गरी टिनको छानो लगाइदिने योजना रहेको माडी गाउपालिका कमिटि इन्चार्ज दिनेशले जानकारी दिनुभयो । उक्त राहत बितरण कार्यक्रमलाई सम्बोधन गर्दै अभियान टिमका कमान्डर कुशल वली सन्दिपले राज्यले नेकपालाई प्रतिबन्ध लगाएर ठुलो भुल गरेको बताउदै जनताका समस्या राज्यले हल गर्न पनि नसक्ने र नेकपाले आर्थिक सहयोगबाट जनताको समस्या हल गर्न खोज्दा लुटेरा समुह भनेर बद्नाम गर्न खोजेको भन्दै आपत्ति जनाउनुभयो ।

130 total views, 1 views today