रोल्पा सम्वाद समूहद्धारा पत्रकारहरुसँग भेट

रोल्पा अनलाइन Sunday, March 17, 2019


रोल्पा, चैत ३ । रोल्पा सम्वाद समूहले आज जिल्लाका पत्रकारहरुसँग छलफल गरेको छ । जिल्लाका युवाहरुको सवालमा सम्वाद गर्ने उद्देश्यले गठित समूहले पत्रकारहरुसँग सल्लाह सुझाव संकलन गरेको छ ।
छलफलमा पत्रकारहरुले उदाहरणीय काम गर्न युवाहरुलाई उत्प्रेरणा दिने खालको सम्वाद गर्न सुझाव दिएका छन् । यस्तै राष्ट्रिय युवा नीतिका बारेमा युवाहरुलाई जानकारी दिने, सामाजिक अभियानमा युवा नेतृत्व विकास, युवा लक्षित बजेट तथा कार्यक्रम बनाउन स्थानीय सरकारसँग सम्वाद गर्न पत्रकारहरुले सुझाव दिए । रोल्पा सम्वाद समूहका सहजकर्ता माधवकुमार ओलीले सहजीकरण गरेको छलफलका क्रममा समूहका संयोजक त्रिपनी बैजालीले रोल्पा सम्वाद समूहको बारेमा पत्रकारहरुलाई जानकारी गराउनुभयो । नेपाल पिस ब्यूल्डीङ इनेशेटिभका सुविन्द्र बोगटीको समेत उपस्थिति रहेको उक्त छलफलमा सम्वाद समूह रोल्पाका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

124 total views, 2 views today