टुहुरोको अध्यक्षतामा गुराँसे साहित्य महोत्सव मूल समारोह समिति गठन

रोल्पा अनलाइन Monday, March 11, 2019


रोल्पा, फागुन २७ । डिबि टुहुरोको अध्यक्षतामा रोल्पा नगरपालिकाको गुराँसे साहित्य महोत्सव मुल आयोजक समिति गठन भएको छ । रोल्पा नगरपालिकाको कार्यालय रोल्पाले बार्षिक कार्यक्रम अनुसार यस वर्ष आयोजना गर्न लागेको गुराँसे सात्यि महोत्सवका लागि विभिन्न साहित्यीक संघ संगठन, सरोकारवाला निकायहरुसँगको सहभागितामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले बैसाख महिनामा गुराँसे साहित्य महोत्सवको आयोजना गर्ने भएको छ । जसका लागि ललित साहित्य परिषद रोल्पाका सल्लाहकार ओम केसी, राप्ती साहित्य परिषदका सल्लाहकार गोकर्ण पुन, ललित साहित्य परिषद रोल्पाका अध्यक्ष लोक आलोक श्रेष्ठ, प्रलेस रोल्पाका अध्यक्ष एवम ललित साहित्य परिषदका उपाध्यक्ष नविन लोचनमगर, नेपाल मुक्तक प्रतिष्ठान रोल्पाका अध्यक्ष देवी गुरुङ, नेपाल मुक्तक प्रतिष्ठान रोल्पाका उपाध्यक्ष एवम ललित साहित्य परिषदका सचिव खेमराज गाउँले, साहित्यकार दिप दपर्ण लगायत रहेको मुल आयोजक समारोह समिति गठन गरेको छ । समितिले अन्य सदस्यहरु समेत अर्को बैठकमा चयन गर्ने भएको छ ।

यसैगरी सल्लाहरका समितिहरु समेत गठन गरेको छ । जसमा पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी, पुर्व अध्यक्ष खेम बुढा, अघिल्लो कार्यकालका अध्यक्ष मानसीं बिक, वर्तमान अध्यक्ष महेश न्यौपाने, उद्योग बाणिज्य महासंघ रोल्पाका अध्यक्ष विश्व चन्द, गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष घनश्याम आचार्य, नेपाल रेडक्रस सोसाईटि रोल्पाका अध्यक्ष नौलसीं पुनमगर लगायत रहेको सल्लाहरकार समिति गठन गरेको छ भने यसमा पछि थप राख्ने समेत बताईएको छ ।

रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा बसेको बैठकले तयारी मुल आयोजक समितिको दोश्रो बैठक सँगै अतिथिहरुको चयन गर्ने र कविता प्रतियोगिताका लागि तयारी गर्ने समेत निर्णय गरेको छ । बैठकले राष्ट्रिय स्तरको कविता प्रतियोगिता गर्ने, युद्ध साहित्य सम्बन्धी बहस गर्ने, रोल्पानगरपालिको आन्तरिक रुट हुँदै जलजला पहाडमा पुगेर भब्य कार्यक्रम गर्ने जसका लागि बृहत तयारी गर्ने समेत निर्णय गरेको नगर प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभयो ।

192 total views, 1 views today