विप्लवको बन्दले राप्तीको जनजीवन प्रभावित

रोल्पा अनलाइन Thursday, March 7, 2019


रोल्पा फागुन २३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको राप्ती बन्दका कारण रोल्पासहित राप्तीका ६ जिल्ला दाङ, प्यूठान, सल्यान, रुकुमपूर्व र रुकुम पश्चिमको जनजीवन प्रभावित बनेको छ ।
दाङ र रोल्पाबाट पक्राउ परेका आफ्ना नेता,कार्यकर्ताहरुको रिहाईको माग गर्दै सो पार्टीले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रका बजार, शिक्षण संस्था, यातायात, कलकारदाना ठप्प रहेका छन् । यातायातका साधन सञ्चालन हुन नसक्दा जिल्ला बाहिरीने तथा भित्रिने नागरिकहरु अलपत्र परेका छन् भने विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको छ ।
विप्लवका दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट र दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र नृपेन्द्र सेन केहि दिनअघि रोल्पाबाट पक्राउ परेका थिए ।

273 total views, 3 views today