मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न

हर्क घर्तीमगर Thursday, February 28, 2019

रोल्पा, फागुन १६ । सुनछहरी गाउँपालिका स्तरकाे अन्तरमाध्यमिक विद्यालय प्रथम राष्ट्रपति रनिङ शिल्डकाे याे बर्षकाे शिल्ड जनता माध्यमिक विद्यालय गामले हात पारेकाे छ ।

मावि गामले ७ स्वर्ण पदक सहित प्रथम स्थान हासिल गरेकाे हाे भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगाम ५ स्वर्ण पदक लिएर दाेस्राे स्थान हासिल गरेकाे छ यस्तै ३ स्वर्ण पदक लिएर नमुना माध्यमिक विद्यालय कसला तृतिय स्थान आएकाे छ भने राेल्बाङ माध्यमिक विद्यालय जेल्बाङ र जनसेवा माध्यमिक विद्यालय सेरमले समान २/२ स्वर्ण लिएका छन् । यस्तै मावि गामले दुई कास्य २ रजत मावि फगामले ४ कास्य ४ रजत मावि सेरमले ४ रजत ३ कास्य माबि कसलाले ७ कास्य ५ रजत र मावि जेल्बाङ ले ३ कास्य र ७ रजत हात पारेका छन । यसका साथै पुरूष भलिबल कपकाे बिजेता जनसेवा मावि सेरम बनेकाे छ भने महिला भलिबल कप राेल्बाङ मावि जेल्बाङले हात पारेकाे छ । रनिङ शिल्ड समापन तथा पुरूषकार वितरण कार्यक्रमका प्रमुख अतिथि सुनछहरी गाउपालिकाका अध्यक्ष आश बहादुर पुनमगरले विजेता माबि गामका प्रधाना ध्यापक वागबिर घर्तीमगरलाइ सिल्ड प्रदान गर्नुका साथै सम्पुर्ण बिजयि विद्यार्थी खेलाडीहरूलाइ मेडल र प्रमाणपत्र समेत प्रदान गर्नु भएकाे थियाे । फागुन १३ गते देखि १६ गते सम्म जनता माध्यमिक बिद्यालय सुनछहरी ५ बाहिरि गाममा चलेकाे रनिङ शिल्डमा सुनछहरी गाउँपालिकाका ५ वटा माध्यमिक बिद्यालय र ४ वटा आधारभुत विद्यालयले सहभागिता जनाएकाे कार्यक्रम संयाेजक याम प्रसाद अधिकारीले जानकारी दिनुभयाे ।

195 total views, 1 views today