रोल्पामा राष्ट्रिय लोक दोहोरी प्रतियोगिता हुदै

रोल्पा अनलाइन Sunday, February 17, 2019


रोल्पा, फागुन ५ । रोल्पामा राष्ट्रिय स्तरको खुल्ला लोक दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान रोल्पाको आयोजनामा सदरमुकाम लिबाङमा यहि फागुन १० देखि १३ गतेसम्म हुने भएको हो । आइतवार लिबाङमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठान रोल्पाले उक्त प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ । ‘हाम्रो अभियान लोक सस्कृतिको संरक्षण श्रष्ठाको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ जिल्लामै पहिलो पटक राष्ट्रिय स्तरको लोक दोहोरी गीत प्रतियोगिता गर्न लागिएको प्रतिष्ठान रोल्पाका अध्यक्ष मिलन रोकाले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार र सान्त्वनालाई २० हजार पुरस्कार दिइने आयोजकले बताएको छ । प्रतियोगिताको निर्णायकमा प्रतिष्ठानका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रमेश विजी लगायतको टोली रहेको बताइएको छ ।

305 total views, 2 views today