रोल्पा महोत्सव: को–को कलाकार आउदै छन् आज

रोल्पा अनलाइन Sunday, February 3, 2019

रोल्पा । जिल्लाको सुलिचौरमा शुक्रवारदेखि सुरुभएको दोस्रो रोल्पा महोत्सबमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति भइरहेको छ ।
महोत्सवको उद्घाटन समारोहमा १८ गते महोत्सव उद्घाटन उदिराम खड्का मयुर नाच कलाकार सम्मान र स्थानीय झाँकी प्रस्तुति गरिएको थियो ।
सोहीक्रममा शनिवार राजु परियार, पुर्णकला बि.सी, कृष्ण थापा, पबित्रा घर्ती, सागर बाबु पुन, जालुमाया गुरुङ लगायतको प्रस्तुती रहेको थियो । आज २० गते रमेशराज भट्टराई, शर्मिला गुरुङ, चन्द्र शर्मा र रेश्मा पुन लगायत सुनछहरी कला केन्द्रको प्रस्तुती रहने प्रचार प्रसार समिति संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो ।
यस्तै महोत्सवलाई थप आकर्षक बनाउको लागि २१ गते मिलन लामा, भुमिका गिरी, झंकार बुढा, देवीराम राना, कामना वली, जालुमाया गुरुङ, पाखे मगर, निशा लामा, कर्ण खड्का लगायतको प्रस्तुती रहने छ । २२ गते रामजी खाँड, संझना मगर, कान्तिपुर टिभिको हास्य सिरियका डिठ्ठा सापका किशोर भण्डारी, (डिठ्ठा साप) रेस्मा तिमिल्सिना (बुनुमैचा) तुलसा घर्ती, नन्द घर्ती, देवीराम राना, कामना वली, अशोक वली परिवर्तन र स्थानीय कलाकार सुनछहरी कलाकेन्द्र) लगायत, २३ गते बिष्णु खत्री, संझना लामिछाने, अर्जुन सुनामर, तुलसा घर्ती, लोकेन्द्र) सेन सिम्पल कान्छा, ज्ञानु परियार, लोक रसाइली, साजन वली, गोबिन्द वली, ६ जना बाद्यबादक, स्थानीय कलाकार र सुनछहरी कलाकेन्द्र को रहने छ ।
यसैगरी २४ गते पुरुषोत्तम न्यौपाने, राधिका हमाल, लोक के.सी, मिलन मगर, नवीन खड्का, एम.टी.महर, बिरेन्द्र खड्का, सीता आचार्य, माधब घर्ती, मोहन परियार, ६ जना बाद्य बादक ग्ररुप गुरु घर्ती, उदिराम खड्का, खबपु चञ्चल, निराजन डाँगी, अमर रोकार करण परियार, स्थानीय कलाकार, सुनछहारी कलाकेन्द्र, हरी पुन, भुमसरी पुन, भिम वलीको प्रस्तुतिक रहेन बताइएको छ ।
महोत्सवको अन्य आकर्षणमा महोत्सवमा १६० वटा स्टल, हेलिकप्टरबाट जलजला अबलोकन, ¥याफ्टिङ लगायतका रहेका छन् ।
‘व्यापार संस्कृति र पर्यटनको विस्तार, दीगो विकास समृद्धिको आधार’ भन्ने नाराका साथ आगामी माघ २४ गतेसम्म सञ्चालन हुने दोस्रो रोल्पा महोत्सवमा स्थानीय कृषि, लघुउद्यम, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शन गरिएको छ । करिब ३ करोडको कारोबार गर्न लक्ष्यका साथ रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवमा करिब २५ हजार बढीले अबलोकन गर्ने अपेक्षा गरिएको छ ।

621 total views, 1 views today