रोल्पा नपाद्धारा खेलाडीलाई बधाई ज्ञापन

रोल्पा अनलाइन Tuesday, January 22, 2019


रोल्पा । थबाङ गाउँपालिकाद्धारा आयोजित प्रथम थबाङ गाउँपालिका कपमा दोश्रो स्थान हाशिल गरेका रोल्पा नगरपालिकाका भलिबल खेलाडीहरुलाई रोल्पा नगरपालिकाले मंगलवार बधाई ज्ञापन गरेको छ ।
नगरपालिकाबाट प्रतिनिधित्व गर्दै थबाङ गाउँपालिकामा पुगेका रोल्पा नगरपालिकाका खेलाडीहरुले अनुशासित ढंगबाट आफनो प्रस्तुती राखेको भन्दै बेष्टप्लेयरको उपाधि समेत लिएर फर्केपछि नगर प्रमुख पूर्ण केसीले सबैलाई बधाई दिनुभएको हो । मंगलबार नगर प्रमुखको कार्यकक्षमै ती खेलाडीहरुलाई अबिर एवम फुलले सम्मान सहित बधाई ज्ञापन गरिएको थियो । नगर प्रमुख पूर्ण केसी र नगर प्रशाशकीय अधिकृत सावित्रा पुन थापाले खेलाडी र टिमलाई नेतृत्व गर्ने टिमकोचहरुलाई आभार ब्यक्त गर्दै सम्मान गर्नुभएको थियो । नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा भएको सम्मान एवम बधाई कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत सावित्रा पुन थापा, जिल्ला भलिबल संघ रोल्पाका अध्यक्ष हिमाल डिसी, रेफ्री संघका हरिश वली, रोल्पा नगरपालिका खेलाडी टिम कोच खिम बिक्रम केसी, खेलाडी टिम ब्यवस्थापक मिलन डाँगी, खेलाडी टिम कोच पदम केसी लगायत अन्य खेलाडीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस संयोजक देवी गुरुङले गर्नुभएको थियो । कार्यक्रमको अवसरमा बोल्दै नगर प्रमुख पूर्ण केसीले रोल्पा नगरपालिकामा क्षमतावान खेलाडीहरु रहेको बताउँदै खेलक्षेत्रको विकासका लागि सक्षम खेलाडीहरुलाई ब्यवस्थापन गर्दै लानेमा जोड दिनुभएको छ । कार्यक्रममा खेलाडीह्रुले आफनो अनुभुति सुनाएका थिए ।

344 total views, 1 views today