रोल्पा नगरपालिकाको चौथो अधिवेशन सम्पन्न

रोल्पा अनलाइन Sunday, January 6, 2019

रोल्पा, पुस २२ । रोल्पा नगरपालिकाको चौथो नगरसभा तथा हिउँदे अधिवेशन शनिवार सम्पन्न भएको छ ।

नगर प्रमुख केसीको अध्यक्षतामा भएको चौथो नगरसभाको स्वागत मनतब्य नगर उपप्रमुख मनकुमारी घर्तीले गर्नुभएको थियो भने सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापाले गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख केसीले रोल्पा नगरपालिकाको कुल बजेट ५७ करोड ९४ लाख १९ हजार रुपैयाबाट अहिले सम्म १७ करोड ८५ लाख ६१ हजार रुपैया बजेट निकासा भईसकेको बताउनुभयो ।

रोल्पा नगर कार्यपालिकाको चौथो नगरसभाले स्थानीय बन ऐन २०७५, अपांगता भएका ब्यक्तिहरुको परिचयपत्र वितरण कार्यविधि २०७५, बिपद ब्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७५, रोल्पा नगरपालिकाको नगर स्तरीय युवा प्रतिभा सम्मान कार्यविधि २०७५, बाल संरक्षणनीति २०७५, बाल क्लब तथा संजाल गठन, ब्यवस्थापन तथा सजीकरण निर्देशिका २०७५ , मदिरा नियन्त्रण सम्बन्धि आचारसंहिता , तेश्रो नगरसभाबाट संशोधन गर्नुपर्ने बुँदाहरु संशोधन गरीने योजना तथा कार्यक्रमको नाम र रकम, आर्थिक बजेट आदीको अनुमोदन गरेको छ भने नयाँ कार्यविधिहरु सर्व सहमतिले पास गरेको छ ।

नगरकार्यपालिकाको चौथो नगर सभामा नगरकार्यपालिकाका पदाधिकारीहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको प्रस्तुतीकरण नगरपालिकाका स्वास्थय शाखा प्रमुख टंक गीरी, योजना अधिकृत नवराज रोकाक्षेत्री लगायतले प्रस्तुत गर्नुभएको हो । रोल्पा नगरपालिकाको आफनै हलमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिकाको गतिविधिहरु समेटिएको बार्षिक पुस्तिका समेत बितरण गरिएको नगर प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभयो । यसै बिच जिल्लाका पत्रकारहरुसँग नगरपालिकाले आईतबार दिउसो पत्रकार भेटघाटको आयोजना गरेको छ । नगरपालिकाको चौथो अधिवेशन बाट पारित भएका बिषयहरुको बारेमा जानकारी दिने उदेश्यले पत्रकार भेटघाटको आयोजना गरेको नगरपालिकाले जनाएको हो ।

333 total views, 1 views today