अग्नी पीडितलाई जस्ता पाता वितरण

रोल्पा अनलाइन Wednesday, December 12, 2018


रोल्पा, मंसिर २६ । सुनिलस्मृति गाउँपालिकाले अध्यक्ष गुणेन्द्र घर्तीले वस्ती वस्तीमा अध्यक्ष कार्यक्रम वडा नं. ८ अफले पोखराबाट अगाडि बढाउनु भएको छ । एक महिना अगाडि कार्यक्रमको बारे जानकारी गराउदै सामाजिक संजाल तथा व्यक्तिगत भेटघाटबाट सुझाव संकलन गरि सोहि सुझाव अनुसार आफ्नो कार्यक्रमलाई अगाडि बढाउनु भएको हो ।
वडा कार्यलयबाट तहाँको वस्तु स्थीती सम्पूर्ण कुरा जानकारी लिई आवश्यकता अनुसारको जनशक्ति सहित अध्यक्ष सो स्थानमा पुग्नु भएको हो । वडा सदस्य धनराज रोकाले कार्यक्रमबारे सम्पूर्ण तयारी समेत गर्नुभएको थियो ।
जनताकै घरमा बस्ने उहाँहरुको महत्वपूर्ण सल्लाह, सुझाव र गुनासो सुन्ने कार्यक्रम भएको हुँदा सोहि अनुसार जनताहरुसँगनै बसी यो कार्यक्रम सम्पन्न गरिएको थियो । उहाँहरुको महत्वपूर्ण सुझाव, सल्लाह र गुनासो कार्यक्रम टोलिमा पर्नुभएका आइटि अफिसर विगन श्रेष्ठ, प्राविधिक सुदर्शन पुनमगर र प्रेस संयोजक आशिष भारद्धाजले टिपोट गर्नुभएको थियो, सोहि गुनासो, सल्लाह सुझावलाई अध्यक्षले उहाँहरुकै अगाडि संवोधन गर्नुभएको थियो भने केहि विकासका मागहरुलाई आफु मार्फत हुने यहि बाट सम्वोधन गर्ने र केहि संघ र प्रदेश मन्त्रालयबाट आफुले माग गरि यहाँको मागहरु पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । थोरै समयको जानकारीबाट पनि ५० जना बढि सहभागी भै सक्रिय छलफल गर्नुभएकोमा सवैलाई अध्यक्ष घर्तीले आभार तथा धन्यवाद समेत व्यक्त गर्नुभएको हो ।
सोहि कार्यक्रममा मंसिर ५ गते राति करिव ११ बजे तिर घरमा आगोलागि सम्पूर्ण धनजनको क्षति भएको छमी रानामगरलाई अनुदान स्वरुप जस्तापाता हस्तान्तरण समेत गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा वोल्दै अध्यक्ष घर्तीले भन्नुभयो, आउदा दिनहरुमा पनि यस्तै घटनाहरु नदोहोरिउन भनि हामिले फुसको छानो पूर्णरुपमा विस्तापन गर्ने उद्देश्यका साथ गरिवका लागि छानो कार्यक्रम अन्तर्गत जस्तापाता वितरण कार्यक्रम अगाडि बढाएका छौ । अघिल्लो वर्ष १ करोड विनियोजन गरि जस्तापाता हस्तान्तरण गरिसकेका छौ र यस आ.व.मा पनि १ करोड विनियोजन भै सकेको र अव छिट्टै बाँकि फुसको छानो भएका घरहरुलाई जस्तापाता हस्तान्तरण कार्यक्रम अगाडि बढाउछौ अध्यक्ष घर्तीले भन्नुभएको प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिनुभयो ।

461 total views, 2 views today