५ नम्बर प्रदेशमा संसदीय पत्रकार समाज गठन

रोल्पा अनलाइन Friday, December 7, 2018

बुटवल, मंसिर २१  – ५ नम्बर प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन भएको छ ।

शुक्रवार बुटवलमा भएको प्रथम अधिवेशनले विष्णु प्रसाद घिमिरे (नयाँ पत्रिका) को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा अमृता अनमोल (कान्तिपुर), महासचिव सीपी खनाल (दैनिकपत्र), सचिव ओम पंगेनी (दैनिक लुम्बिनी) र कोषाध्यक्षमा लक्ष्मण पोखरेल (अन्नपूर्ण पोस्ट) रहेका छन् ।

त्यस्तैगरी टोपराज शर्मा (अनलाइनखबर) प्रकाश आचार्य (लोकान्तर डटकम), विनोद परियार (नागरिक), मिलन गाहा (नेपाल टीभी), प्रकाश खनाल (गौतमबुद्ध सन्देश), विकास पराजुली (लुम्बिनी टीभी), दिपक घिमिर (लुम्बिनी पोस्ट), सरिना मरासिनी (बुद्ध टीभी), अस्मिना पाण्डे (रेडियो मुक्ति), केशव भण्डारी (इमेज टीभी) रहेका छन् ।

समितिको सल्लाहकारमा भरत केसी, यामलाल भुसाल र डीआर घिमिरे रहेका छन् ।

 

197 total views, 1 views today