रुप फेर्दै रोल्पा

पहलमान घर्ती Tuesday, December 4, 2018


रोल्पा, मंसिर १८ । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वबाट सबैभन्दाबढी प्रभावित रोल्पामा शान्ति प्रक्रिया सुरुभएसँगै भौतिक विकासका आधारभुत आवश्यकता पुरा हुँदै गएका छन् ।जिल्लामा शिक्षा, स्वास्थ्य, यातायात, सडक सञ्जाल जस्ता भौतिक विकासका आधारभुत आवश्यकता पुरा हुँदै गएका छन् । रोल्पाका गाउँ गाउँमा लघु जलविद्युत र झिमरुकको विद्युत मार्फत उज्यालो तिर रोल्पा लम्केको छ । जिल्लाका सबै ठाउँमा पछिल्लो समयमा सडक सुविधा पुगेपछि स्थानीयलाई टाढाबाट सामान बोक्नु पर्ने बाध्यता हटेको छ । ‘पहिलो दाङ र लिबाङबाट सामान बोक्नुपर्ने थियो’ थबाङ गाउँपालिकाका स्थानीय बम बहादुर रोकाले भन्नुभयो ‘अहिले त गाउँमै सडक पुगेकाले त्यस्तो समस्या छैन् ।’
भौतिक विकास संगसंगै अव रोल्पामा सांस्कृतिक विकास, सामाजिक विकास, आर्थिक विकास, स्वरोजगार मुकल कार्यक्रम, गरिवी निराकरण र स्थानीयलाई आत्मनिर्भर बनाउने किसिमका कार्यक्रम जिल्लामा सञ्चालन गर्नुपर्ने स्थानीय बुद्धीजीवी बताउँछन् । मानव विकास सुचाङ्कमा रोल्पा जिल्ला ६५औं स्थानमा रहेकाले अब भौतिक विकाससँगै आर्थिक तथा सामाजिक विकासमा सरकारले ध्यानदिनुपर्ने प्राध्यापक गोकर्ण प्रसाद पुनले बताउनुभयो । ‘स्थानीय सरकारले गाउँगाउँमा रोजगारीका प्रशस्त अवसरहरु दिन सके रोजगारीका लागि भइरहेको युवा पलायन रोक्न सकिन्थ्यो’ पुनले भन्नुभयो ।

439 total views, 2 views today