अत्याधुनिक डम्पीङ साइड बनाउदै नगरपालिका

रोल्पा अनलाइन Monday, December 3, 2018


रोल्पा, मंसिर १७ । शहरीकरणको मूख्य समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन गर्नका लागि रोल्पा नगरपालिकाले सदरमुकाम लिबाङ नजिकै अत्याधुनिक डम्पीङ साइड निर्माण गर्न लागेको छ । लिबाङ बजारको फोहोरलाई मोहर बनाउने उद्देश्यले नगरपालिकाले गुरुङगाउँ नजिकैको जङ्गलमा डम्पीङ साइड निर्माण गर्न लागेको हो । उक्त डम्पीङ साइडमा गल्ने फाहोरबाट प्रसोधन गरेर मल उत्पादन गर्नुका साथै उक्त क्षेत्रमा बगैचा निर्माण गरी पर्यटकीय क्षेत्र समेत बनाउने योजना रहेको नगरपालिकाले बताएको छ । त्यसका लागि अहिले नगरपालिकाले ५० लाख बजेट छुट्याई काम सुरु गरेको भएता पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रि लगानी भित्र्याउने आफूहरुको योजना रहेका नगर प्रमुख पुर्ण केसीले जानकारी दिनुभयो ।
फोहोर फाल्ने ठाउँ भनेपछि मान्छेले नराम्रो मात्र सोँच्ने गरेको भएता पनि यस क्षेत्रलाई एउटा पर्यटकिय क्षेत्र बनाउने योजना अघि बढाइएपछि स्थानीय पनि हर्षित भएका छन् । ‘अहिले तत्काललाई सडक विस्तार भएको छ’ स्थानीय मित्रलाल गुरुङले भन्नुभयो । स्थानीयको सहभागितामा अत्याधुनिक डम्पीङ साइड निर्माणले यहाँका स्थानीयलाई रोजगारी समेत प्रदान गर्नुका साथै यहाँ सञ्चालित गुरुङगाउँ होम स्टेलाई समेत प्रबद्र्धन गर्न सकिने भएको छ । आधुनिक शहर उन्मुख रोल्पा नगरपालिकाले अघि सारेको यो योजनालाई प्रदेश र संघिय सरकारले पनि सहयोग गरेमा साच्चै नै यो कार्य यस क्षेत्रकै नमूना बन्ने भएको छ ।

240 total views, 1 views today