प्रहरी दिवसमा अमर प्रहरीका परिवार सम्मानित

रोल्पा अनलाइन Thursday, October 11, 2018

रोल्पा, असोज २५ । प्रहरी दिवसको अवसरमा रोल्पामा अमर प्रहरीका परिवालाई सम्मान गरिएको छ । ६३औं प्रहरी दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय रोल्पामा आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै कार्यक्रममा प्रहरी चौकीलाई जग्गा दान गर्नुहुने पूर्व सहायक मन्त्री भिमकुमारी बुढालाई पनि सम्मान गरिएको थियो भने अमर प्रहरीका छोरीलाई छात्रबृत्ति र उत्कृष्ट प्रहरीलाई पुरस्कृत समेत गरिएको थियो ।

भिडियोमा हेर्नुहोस :-

सो कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले प्रहरी संगठनलाई आफ्नै स्वतन्त्र अधिकार सहित शक्तिसाली बनाउन प्रदेश, स्थानीय तथा संघिय सरकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

थप फोटोहरु :—

309 total views, 1 views today