र्‍याफ्टिङ चलाउन युवाहरुलाई तालिम दिदैं गाउँपालिका

रोल्पा अनलाइन Wednesday, October 10, 2018


रोल्पा, असोज २४ । पर्यटन प्रवद्र्धन गर्दै स्थानीय युवाहरुलाई रोजगारी दिने उद्देश्यले -याफ्टिङ सञ्चालनमा ल्याएको रोल्पाको सुनिल स्मृति गाउँपालिकाले -याफ्टिङ चालक तालिम दिने भएको छ ।
कर्णाली -याफ्टिङ एण्ड एडभेन्चर प्रा.ली. र गाउँपालिकाको सार्वजनिक निजी साझेदारीमा गाउँपालिकाले युवाहरुलाई लक्षित गरी तालिम सञ्चालनको तयारी गरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । मंगलवार गाउँपालिकाका अध्यक्ष घर्तीको नेतृत्वमा गाउँपालिकाका कर्मचारीहरुको एक टोली सुलिचौरस्थित फगाम खोलाबाट प्यूठानको भिङ्ग्रीसम्म -याफ्टिङ गर्न सफल भएको थियो । साढे २ घण्टाको उक्त जल यात्रा पछि अध्यक्ष घर्तीले -याफ्टिङ गर्दा भोक र थकाई लाग्ने भएकाले पर्यटकहरुलाई आराम र खानाका लागि रिसोर्ट सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको गाउँपालिकाका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।
यस्तै नदीका केहि भागहरुमा देखिएका समस्यालाई पनि छिट्टै हटाई -याफ्टिङ सञ्चालनमा सहजता ल्याइने भएको छ । त्यसका लागि समस्या पहिचान गरीएको गाउँपालिकाका सव–इञ्जीनियर सुदर्शन पुनले बताउनुभयो । खोलाका केहि भागमा ढुङ्गाले रोक्ने गरकाले ति ढुङ्गा पन्छाएर -याफ्टिङ सञ्चालनलाई सहज बनाईने भएको छ । साथै गाउँपालिकाले त्यस क्षेत्रमा रिसोर्ट खोल्नका लागि होमस्टे तालिम समेत दिने बताइएको छ ।

557 total views, 1 views today