अबको १ वर्षमा रोल्पाका सबै घरमा विद्युत–मन्त्री पुन

रोल्पा अनलाइन Tuesday, October 9, 2018

रोल्पा, असोज २३ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगरले अबको एक वर्षमा रोल्पाका सबै घरधुरीमा बिजुली बल्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रोल्पाको भवन तथा पत्रकार कल्याणकारी कोषको सोमबार लिबाङमा उद्घाटन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएको हो ।

जिल्लाका सबै घरमा विद्युत विस्तार गर्नेगरी टेन्डर प्रक्रिया सुरु भएकाले अब सबै घरमा विद्युत पुग्ने बताउनुभयो । ‘विद्युतले उज्यालो रोल्पा मात्र होइन उद्योग कलकारखाना समेत सञ्चालन गर्नुपर्छ’ उहाँले भन्नुभयो । विद्युतको अधिकतम प्रयोग गरी पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्नुभयो । आफूले पनि विद्युतिय गाडी चलाएको उदाहरण बताउदै मन्त्री पुनले यसले समग्र मुलुककै आर्थिक बचत गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष गोविन्द आचार्य, पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य ओनसरी घर्तीमगर, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जयपुरी घर्तीमगर, प्रदेश ५ का सांसद दीपेन्द्र कुमार पुनमगर, नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रमेश विष्ट लगायत जिल्लाका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता थियो ।

जिल्ला अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डिएस डाँगीले सञ्चालन गर्नुभएको थियो भने सहसचिव हर्क घर्तीमगरले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघको भवन निर्माणका लागि सहयोग गर्ने सहयोगी दाताहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

1,971 total views, 1 views today