रोल्पामा व्यावसायिक -याफ्टिङ सुरु

रोल्पा अनलाइन Tuesday, October 9, 2018

रोल्पा, असोज २३ । साहसिक जल यात्रा मार्फत पर्यटक भित्राउने उद्देश्यले रोल्पामा पहिलोपटक व्यावसायिक रुपमा ¥याफ्टिङ सुरु गरिएको छ । सुनिलस्मृति गाउँपालिका र कर्णाली ¥याफ्टिङ एण्ड एड्भेन्चर प्रालिको सार्वजनिक नीजि साझेदारीमा जिल्लाको सुनिलस्मृति गाउँपालिका सुलिचौरस्थित लुङ्ग्री खोलाबाट ¥याफ्टिङ सुरु गरिएको हो । रोल्पाको सुलिचौरबाट प्यूठानहुँदै दाङको भालुबाङसम्म सञ्चालन हुने ¥याफ्टिङको सोमवार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले उद्घाटन गरे । ¥याफ्टिङ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले जिल्लाको पर्यटन प्रवद्र्धनमा एउटा नयाँ व्यवसाय थपिएको बताए । ‘नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ’ उनले भने ‘पर्यटक भित्रिएपछि रोल्पालीले त्यसको फाइदा लिन सक्ने छन् । सरकारले देशभरका एक सय वटा पर्यटकीय गन्तव्य छनौट गर्दा रोल्पाको जलजला पनि परेकाले जलजला आउने पर्यटकलाई ¥याफ्टिङले थप आर्षित गर्ने समेत मन्त्री पुनले बताए ।


यस्तै कर्णाली ¥याफ्टिङ एण्ड एड्भेन्चर प्रालिका सञ्चालक एवम् पर्यटन व्यवसायी देबराज जैसीले निकट भविष्यमै सञ्चालनमा आउन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमान स्थलबाट विदेशी पर्यटक समेत सिधै यस क्षेत्रमा ल्याउन सकिने भनाई राखे । ‘पहिलै पर्यटक आएपछि बल्ल व्यवसाय सुरु गरौला भनेर कहिलै व्यवसाय हुदैन’ जैसीले भने ‘पर्यटक आकर्षण गर्ने व्यवसाय सुरु भए मात्र पर्यटक आउने हो ।’
पर्यटन प्रवद्र्धन मार्फत यस क्षेत्रको गरिबी र बेरोजगार हटाउने लक्ष्य सहित आफूहरु लागि परेको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले बताए । प्यूठान स्वर्गद्धारीको फेदमा सञ्चालित ¥याफ्टिङले जिल्लालाई समृद्ध बनाउन सकिने समेत घर्तीले उल्लेख गरे ।
करिब २० लाख रुपैयाँको सार्वजनिक निजी साझेदारीमा सञ्चालित ¥याफ्टिङबाट जिल्लामा धार्मिक, साँस्कृतिक तथा पर्या पर्यटक भित्राउन सकिने अपेक्षा गरिएको अध्यक्ष घर्तीको भनाई छ ।

2,934 total views, 1 views today