झुम्लुङमा विद्यालयको भवन उद्घाटन

पहलमान घर्ती Tuesday, October 9, 2018


रोल्पा । शुक्र माध्यामिक विद्यालयमा निर्माण गरिएको भवन उद्घाटन गरिएको छ । सेभ द चिल्डे«नको आर्थिक सहयोग र हुरेक रोल्पाको साझेदारीमा जिल्ला शिक्षा कार्यालय रोल्पा, त्रिवेणी गाउँपालिको समन्वयमा त्रिवेणी गाउँपालिका २ स्थित झुम्लुङमा निर्माण गरिएको ६ कोठा भएका ३ ओटा भवनको उर्जा सिंचाइ तथा जलश्रोत मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन । पुनले नयाँ भवन निर्माणले पढाईमा राम्रो वातावरण बन्नेमा विश्वस व्यक्त गरे ।
भवन निर्माणमा सहयोग गर्ने स्थानीय जनता, हुरेक र सेभ द चिल्डे«नलाई धन्यावात दिदै आगामी दिनमा पनि यस्तै खालका विद्यालय भवन निर्माण तथा अन्य पुर्वाधारका क्षेत्रमा सहयोग गर्न आग्रह गरे । केन्द्र, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार भएको उनले बताए । आफ्नो घरदैलोको विद्यालय कस्तो बनाउने उनले भने आफ्ना नानी कस्तो बनाउने भन्ने जिम्मा स्थानीय सरकारलाई आएको बताए । माध्यामिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय सरकारको भएको उनले सुनाए ।
आफ्ले पढाउने विद्यालयमा आफ्ना छोराछोरी नपढाउने शिक्षक तर्फ संकेत गर्दै पुनले भने रुसमा जोनीङ सिस्टम रहेको छ । विभिन्न टोलहरुलाई मिलाएर जोनीङ बनाउने र माध्यामिक तहसम्मको शिक्षा आफ्नै इलाकामा पढाउनु पर्ने उनले बताए । भरखरै १६ ओटा नयाँ कानुन निर्माण भएका छन् पुनले भने ती नयाँ निर्माण भएका कानुनमा शिक्षा, स्वास्थ्य, रोजगारी ग्यारेन्टी गरेको उनले बताए । प्रदेश सरकारले योजना बनाउँदा आफ्नो प्रदेशमा प्रसस्त मात्रामा रोजगारी दिन सक्ने खालका योजना बनाउनु पर्ने बताए । न्युनतम स्वास्थ्य उपचारको योजना बनाउनुपर्ने उल्लेख गरे । संघीय सरकारको बजेटले २० प्रतिशत रोजगारीको सिर्जना गर्ने खालको हुने बताए । केन्द्र, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्ने उल्लेख गरे ।
अर्को फरक प्रसंगमा बोल्दै मन्त्री पुनले यही आर्थिक वर्ष भित्र रोल्पाका विद्युत नपुगेका सबै वडामा विद्युत पुग्ने गरी बजेट विनियोजन गरेको बताए । पुनले उज्यालो रोल्पा बनाउने आफ्नो संकल्प भएको बताए ।
साथै मन्त्री पुनले आफ्नो २ महिनाको तलव १ लाख रुपैयाँ सोही विद्यालयलाई सहयोग गर्ने पनि बताए ।
विद्यालय भवन निर्माणको लागि सेभ द चिल्डे«नको ५७ लाख ७२ हजार ८ सय, विद्यालय र समुदायको ४ लाख ७२ हजार २५ रपैयाँ गरी जम्मा ६२ लाख १६ हजार २५ रुपैयाँमा निर्माण गरिएको हो । विद्यालयमा भवन निर्माण भएपछि विद्यार्थी तथा स्थानीयवासी खुसी भएका थिए । सथै सो अवसरमा विद्यालय र स्थानीयले सामुहिक भोजको समेत आयोजना गरेका थिए ।
उद्घाटन कार्यक्रममा मन्त्री वर्षमान पुन गाउँपालिका प्रमुख शान्तकुमरा ओली, हुरेकका अध्यक्ष घनश्यम आचार्य, स्थानीय राजनीतिक दल, सरकारी तथा विभिन्न आयोजनाका कर्मचारी, स्थानीयवासीहरु गाजा बजा सहित उद्घाटन स्थलमा उपस्थित भएका थिए ।

188 total views, 1 views today