दशैंका लागि नयाँ नोट साट्न सुरु

रोल्पा अनलाइन Monday, October 8, 2018

राेल्पा । हिन्दूहरुको महान् चाड बडा दशैंलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले अाइतवारबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि राष्ट्र बैंकले आफ्ना कार्यालयहरुका साथै सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । दशैंका लागि ५, १०,२०,५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति अधिकतम २७ हजार रुपैयाँ सम्म साट्न सक्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणको सहजताका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ वटा शाखा कार्यालयहरुका साथै राष्ट्र बैंक थापाथली बाहेक अन्य तीन वटा शाखाबाट नोट साट्ने व्यवस्था मिलाइएको छ ।

149 total views, 1 views today