पर्वको मुखैमा दैनिक उपभोग्य बस्तुको मूल्य आकाशियो

रोल्पा अनलाइन Monday, October 8, 2018


रोल्पा, असोज २२ । नेपालीहरुको महान चाड दशैं नजिकिदैं गर्दा रोल्पामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।
यातायातको भाडा बृद्धि भएको, विभिन्न कर बृद्धि भएको भन्दै व्यापारीहरुले चाडबाडको मुखैमा सबै जसो दैनिक उपभोग्य बस्तुमा १० देखि २० प्रतिशतसम्म मृल्य बृद्धि गरेपछि उपभोक्ताहरु मर्कामा परेका छन् ।
चामलमा प्रतिकिलो ५ देखि १० रुपैयाँ, चिनिमा प्रतिकिलो ५ रुपैयाँ, दालमा प्रतिकिलो १० रुपैयाँ, खाने तेलमा प्रति लिटर १० रुपैयाँ र मैदामा प्रतिकिलो ५ रुपैयाँका दरले मूल्य बृद्धि भएको व्यापारीहरुको भनाई छ । यसरी चाड पर्वको मुखैमा मूल्य बृद्धि हुँदा गरिब तथा विपन्न वर्गलाई पर्व मनाउन कठिन हुने उपभोक्ता अधिकारकर्मी मोहन परियारको भनाई छ ।

176 total views, 1 views today