युवाहरुको उदाहरणीय काम ‘ब्लड फर रोल्पा’

रोल्पा अनलाइन Monday, October 8, 2018

रोल्पा । ब्लड बैंकको अभावमा विरामीको ज्यान जोखिममा पर्न थालेपछि रोल्पामा ‘ब्लड फर रोल्पा’ अभियान सञ्चालन गरिएको छ । जिल्लका केहि सक्रिय युवाहरुको समूहले थालेको अभियान अन्तरगत शनिवार लिबाङमा ‘ब्लड फर रोल्पा’ नामक मोवाईल एप्लीकेशनको सुरुवात गरिएको हो । उक्त मोबाइल एप्सको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले उद्घाटन गर्नुभएको हो । मोबाइल एप्सको उद्घाटन गर्दै नगर प्रमुख केसीले युवाहरुले गरेको यो कार्य उदाहरणीय रहेको उल्लेख गर्नुभयो । ‘कतिपय युवाहरु चुल्ठा, मुन्द्रा लगाएर उल्टै समाजको बोझ भइरहेको सन्दर्भमा यो काम उदाहरणीय छ’ प्रमुख केसीले भन्नुभयो ।
यो मोबाइल एप्लीकेशनमा रक्तदाता विवरण, नयाँ रजिष्टर, न्यूज व्लक, महत्वपूर्ण फोन नम्वर र जिल्लाका एम्बुलेन्सको फोन नम्बर राखिएको विवरण हेर्न सकिने डिजाईनर भरत डाँगीले बताउनुभयो ।
अभियान मार्फत अहिलेसम्म ६ जनाले रक्तदान गरेका छन् । यसअघि अस्पतालकै स्वास्थ्यकर्मी र नेपाली सेनासँग सहयोग माग्दै आएकोमा अब त्यो समस्या हट्ने जिल्ला अस्पताल रोल्पाका निमित्त प्रमुख डा. प्रकाशबहादुर बुढाले बताउनुभयो ।
विशेष गरी महिलाहरुको प्रसुती पूर्व रगत व्यवस्थापन गर्नु पर्ने अबस्थामा यो एप्लीकेशनले महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको उक्त अभियानका अभियन्ता विनोद डाँगीले बताउनुभयो ।

143 total views, 1 views today