नास्ता खान खल्तीमा पैसा छैन, चिन्ता नगर्नुस्…..

रोल्पा अनलाइन Thursday, October 4, 2018

रोल्पा, असोज १८ । नास्ता खान खल्तीमा पैसा छैन, चिन्ता नगर्नुस्…। ग्लोबल आइएमई बैकं लिबाङ रोल्पाले लिबाङ स्थित अर्गानिक रेष्टुरेन्टमा रोल्पामै पहिलोपटक क्यु आर कोड बाट भुक्तानी पक्रिया सुरु गरेको छ । लोकतान्त्रिक चोकमा रहेको उक्त रेष्टुरेन्टमा खाजा खादा खल्तिमा पैसा नभए पनि ग्लोबल आइएमई बैकंको ग्लोबल स्मार्टबाट क्यु आर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न सकिनेछ । रकम भुक्तानी गर्नको लागि ग्लोबल आइएमई बैकंको जुनसुकै शाखामा भएपनि खाता हुनुपर्नेछ र ग्लोबल स्मार्ट मोबाइल एप्लिकेसन अनिवार्य हुनुपर्नेछ । अर्गानिक रेष्टुरेन्ट लिबाङ रोल्पामा खुलेको धेरै पनि भएको छैन तर यसको सेवा र मिठासपनले ग्राहक संख्या दैनिक बृद्दि भएकोले आधुनिक जमानामा नवीन प्रयोग र छिटो, सुरक्षित तरिकाले भुक्तानी गर्ने उपायको लागि रोल्पामा यसको थालनि गरिएको ग्लोबल आइएमई बैकंका शाखा प्रबन्धक प्रबिण आचार्यले जानकारि दिनुभयो । यता होटल संचालकहरुले पनि यसले नया आयाम लिएको र अब ग्राहकको माग पनि केही पूरा भएको बताउनुभयो । रेष्टुरेन्टमा आज क्यु आरकोड बैकंका प्रतिनिधि विनोद डाँगिले हस्तान्तरण गर्नुभएको थियो हस्तान्तरण गर्दै उहाले प्रयोग गर्ने तरिका पनि सिकाउनु भएको थियो । स्मरण रहोस क्युआरकोड सिधै खातावालासंग नै जोडिएको हुन्छ । यसको प्रयोग अहिले नेपालमा अत्याधिक छ ।

463 total views, 2 views today