रेडियो माडी आवाज दोस्रो वर्षमा

रोल्पा अनलाइन Thursday, September 27, 2018


रोल्पा, असोज ११ । जिल्लाको माडी गाउँपालिका–२ घर्तीगाउबाट प्रशारण भइरहेको रेडियो माडी आवाज दोस्रो वर्षमा प्रवेश गरेको छ ।
गत वर्षको असोज १० गते प्रशारण आरम्भ गरेको रेडियोले बुधवार आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।

५ नम्बर प्रदेश सांसद् दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश सदस्य सन्तोष शर्माको समेत आतिथ्यता रहेको थियो ।
माडी बहुउद्देश्यीय समाज विकास केन्द्रद्धारा सञ्चालित उक्त रेडियोले जिल्लाको पश्चिम भेगलाई सञ्चारको पहुँचमा जोडेको छ । ९८.६ मेघाहर्जको सामुदायिक रेडियो माडी आवाजको वार्षिकोत्सवमा त्यस क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको स्टेशन म्यानेजर बुद्धिमान वलीले बताउनुभयो ।

301 total views, 1 views today