नेकपाको बन्दले जनजीवन प्रभावित

रोल्पा अनलाइन Wednesday, September 26, 2018


रोल्पा, असोज १० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले गरेको बन्दका कारण आज रोल्पाको जनजीवन प्रभावित बनेको छ ।
पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई विना सर्त रिहाईको माग गर्दै नेकपाले गरेको बन्दका कारण विहानैदेखि रोल्पाबाट छुट्ने लामो तथा छोटोदूरीका सवारी साधन ठप्प रहेका छन् भने बजार, शिक्षण संस्था र कलकारखाना पनि बन्द भएका छन् । दशैंका लागि बजारहरुमा किनमेल गर्नेको चहलपहल बढीरहेको बेला बजार बन्द हँुदा जिल्लाका व्यापारी तथा सर्वसाधारण मर्कामा परेका छन् ।
यता स्थानीय प्रशासनले भने शान्ति सुरक्षामा असर पुग्ने गतिविध गरेकाले पक्राउ गरिएको बताएको छ । विद्यालयमा राजनीतिक सभा गरेकाले पक्राउ गरी मुद्दा चलाईको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिनुभयो ।

541 total views, 1 views today