असोज १२ गते बैंकलाई नयाँ नोट

रोल्पा अनलाइन Sunday, September 23, 2018

७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ ।

नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले अनलाइनखबरलाई बताए ।
सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

अनलाइनखबरबाट

202 total views, 3 views today