बाल दिवसमा विद्यार्थीलाई बालअधिकार शिक्षा बारे सचेतना

रोल्पा अनलाइन Friday, September 14, 2018

रोल्पा, भदौ २९ । बाल दिवसको अवसरमा भदौ २९ गते राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं.–५ शाखा कार्यालय नेपालगञ्जको एक टोलीले रोल्पा नपा–२ लिबाङस्थित बालकल्याण माविका विद्यार्थीहरु बालअधिकार शिक्षा सम्बन्धी सचेतना कक्षा सञ्चालन गरेको छ ।
आयोगको नेपालगञ्ज शाखा कार्यालयका मानवअधिकार अधिकृत टंक खनाल र मानबहादुर कार्किले प्रशिक्षण दिनुभएको उक्त कक्षामा बालअधिकार महासन्धी, राष्ट्रिय मानवअधिकार आयोग, बालअधिकार सम्बन्धी नेपालको कानुन र संविधान, बालबालिकामाथि हुने हिंसा र विद्यालयमा बालबालिकामाथि हुने शारिरिक दण्ड सजाय लगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । कक्षा ७ देखि कक्षा १० सम्मका करिब दुई सय विद्यार्थी सहभागि रहेको उक्त सचेतना कक्षामा बालबालिकाहरुले मानवअधिकार र बालअधिकारको बारेमा जिज्ञासा राखेको मानवअधिकार अधिकृत टंक खनालले बताउनुभयो ।
विद्यार्थीहरुलाई स्कुलको पाठ्यक्रम मात्र नभई यस्ता सचेतनाहरु बेला बेलामा दिनुपर्ने विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले बताउनुभयो ।

216 total views, 2 views today