अपांग बालबालिकालाई सामग्री प्रदान

रोल्पा अनलाइन Friday, September 14, 2018

रोल्पा, २९ भदौ । रािष्ट्रय बाल दिवसका अवसरमा अपांगता भएका बालबालिकाहरुलाई विभिन्न सामग्रीहरु प्रदान गरिएको छ ।

रोल्पा नगरपालिका वडा नं. २ स्थित बालकल्याण नमूना माध्यमिक विद्यालय लिवाङमा विशेष कक्षाका बालबालिकाहरुलाई एक कार्यक्रमका आयोजना गरी जिल्ला बालकल्याण समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले तीन सामग्रही प्रदान गरेका हुन् । सेभ द चिल्ड्रेन र मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको सहयोगमा दृष्टिविहीन बालबालिकाहरुलाई विभिन्न कक्षाको श्रव्य पुस्तक, साउण्ड बक्स, पेनड्राइभ प्रदान गरिएको हो । त्यस्तै अन्य अपागता भएका बालबालिकाहरुलाई शैक्षिक सामगीहरु उपलब्ध गराइएको हो ।

‘सुखी नेपाली, समृद्ध नेपाल ः बालअधिकार सबैको सरोकार’ मुल नाराका साथ रोल्पाका विभिन्न स्थानमा बाल दिवस मनाउने क्रममा तीन कार्यक्रमहरु भएका हुन् । त्यस्तै राष्ट्रिय बाल दिवस २०७५ का अवसरमा द्वन्द्व र विभिन्न विपद्मा ज्यान गुमाएका बालबालिकाहरुको स्मृतिमा लिवाङको शान्ति स्मारिकामा दीप प्रज्वलन कार्यक्रम समेत भएको छ ।

186 total views, 11 views today