रोहित हत्याका फरार अभियुक्त पनि छिटै पक्रिन्छन–गृहमन्त्री

रोल्पा अनलाइन Friday, September 14, 2018


रोल्पा, भदौ २९ । गृहमन्त्री रामबहादुर थापाले नेपाल तरुण दल रोल्पा नगरका अध्यक्ष रोहित पुनको हत्यामा संलग्न फरार अभियुक्तहरु पनि छिटै पक्राउ पर्ने बताउनुभएको छ ।
शुक्रवार संसद् वैठकमा जवाफ दिदैं गृहमन्त्री थापाले घटनामा संलग्न केहि पक्राउ परी मुद्दा समेत चलाइएको र फरार अन्यलाई पनि छिटै कानुनी कठघरामा ल्याउछौं भन्नुभयो । साथै गृहमन्त्रीले देशभरका अपराधीक घटनामा संलग्न सबै अपराधीहरु ढिलो चाडो कानुनी कटघरामा आउने र उचित कारबाही गर्नेमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘देशभर भएका अपराधीक घटनाका सम्बन्धमा भइरहेको छानविनका सम्बन्धमा म पनि सन्तुष्ट छैन’ उहाँले भन्नुभयो ‘यसमा सरकार पनि सन्तुष्ट छैन ।’ जबसम्म अपराधीहरुले सजाय पाउदैनन् तबसम्म आफू छानबिनका सम्बन्धमा सन्तुष्ट नहुने बताउनुभयो ।

1,454 total views, 3 views today