द्वन्द्वकालमा मारिएका बालबालिकाको सम्झनामा दीप प्रज्वलन

रोल्पा अनलाइन Thursday, September 13, 2018

रोल्पा, भदौ २८ । राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा आज रोल्पामा द्वन्द्वकाल र विपत्बाट मारिएका बालबालिकाहरुको सम्झनामा शान्ति स्मारकमा दीप प्रज्वलन गरिएको छ ।


जिल्ला बाल कल्याण समितिको आयोजनामा सदरमुकाम लिबाङस्थित द्वन्द्वकालमा मारिएकाहरुको सम्झनामा निर्मित शान्ति स्मारकमा दीप प्रज्वलन गरिएको हो । जिल्लाका बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था तथा बालअधिकारकर्मी लगायत सरोकारवालाहरुको सहभागितामा दीप प्रज्वलन गरिएको थियो ।

207 total views, 1 views today