सार्वजनिक सुनुवाईमा ८ बुदे प्रतिवद्धता

हर्क घर्तीमगर Thursday, September 13, 2018

रोल्पा, भदौ २८ । सुनछहरी गाउँपालिकाको आर्थिक बर्ष २०७४/७५ मा प्रबाह गरीएको वार्षिक समिक्षा तथा आर्थिक बर्ष २०७५/७६को योजना विषयक सार्वजनिक सुनवाई कार्यक्रम गाउँपालिकाको महिला विकास हल पोबाङमा सम्पन्न भएको छ ।


सुनछहरी गाउँकार्यपालिका पोबाङको आयोजनामा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा विकास सरोकार समाज(डिकोस)रोल्पा कृषि स्वास्थ्य तथा वैकल्पीक जिविको प्रवद्र्धन (पहल) कार्यक्रमको सहजिकरण रहेको थियो ।
गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत विर वहादुर पुनले बार्षिक योजना तथा आर्थिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो भने अध्यक्ष आश बहादुर पुनले प्रगति विवरण तथा समित्क्षात्मक भनाइ राख्नु भएको थियो ।
पत्रकार गणेश केसीको सहजिकरणमा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा गाउ्रँकार्यपालिकाका सदस्यहरु, सातवटै वडाका अध्यक्षहरु,गाउँ पालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु,शिक्षक,वडा सचिवहरु,वुद्धीजिवि उपभोक्ता समिति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,युवा क्लवका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
सहभागिबाट उठेका प्रश्नहरुको विषयगत जवाफ विभिन्न विषयगत शाखाका संयोजकहरु तथा समग्र गाउँ पालिका संग सम्बन्धीत प्रश्नको जवाफ अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतले दिनुभएको थियो भने न्याय तथा महिला बालबालिका संग सम्बन्धीत विषयमा उपाध्यक्ष पवित्रा घर्तीमगरले जवाफ दिनु भएको थियो ।
झन्दै ४ घण्टा लामो सार्वजनिक सुनुवाई बहस र छलफल कार्यक्रमले गाउँपालिकाको सार्वजनिक सुनुवाई अब चौमासिक गर्ने तथा सामाजिक परीक्षण समेतगर्ने,विपत व्यवस्थापनमा ठोस निति निर्माण गरी कार्यान्वयन गर्ने,गाउँ पालिकाका सञ्चारको पहुच विस्तार गर्न सम्बन्धीत निकाय संग पहल गर्ने,कृषि क्षेत्रलाई आधुनिक एवं व्यवसायीक बनाउन चालु आबमा (डीपिआर) विस्तृत परीयोजना प्रतिवेदन तैयार गरी सोही बमोजिम कार्य गर्ने,चालु आबमै बैंक स्थापना गर्न पहल गर्ने,स्काभेटर प्रयोगलाई व्यवस्थित बनाउन गाउँ पालिकाको सिफारीसमा मात्र प्रयोग गर्ने कार्यविधि कार्यन्वयन गर्ने, जंग फुडको न्यूनिकरण एवं अग्र्यानिक खाने कुरा प्रयोगमा जोड दिने लगायतका विभिन्न आठ वटा वुदामा प्रतिवद्धता जनाउदै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

360 total views, 1 views today