रोहित हत्याबारे गृहमन्त्रीले संसदमा जवाफ दिदैं

रोल्पा अनलाइन Thursday, September 13, 2018

रोल्पा, भदौ २८ । गृहमन्त्री रामबहादुर थापाले शुक्रवार (भोली) संसदमा रोल्पा नगर तरुण दलका अध्यक्ष रोहित पुन हत्या बारे जवाफ दिनु हुने भएको छ ।


बिहीबार प्रमुख विपक्षी कांग्रेसले कञ्चनपुरकी निर्मला पन्तको हत्या, रोल्पा नगर तरुण दलका अध्यक्ष पुन हत्या र पत्रकार राजु बस्नेत पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेपछि सरकारले यि घटनाहरुको जवाफ दिने प्रतिवद्धता जनाएको हो ।
सरकारको यो प्रतिबद्धतासँगै अवरुद्ध संसद बैठक सुरु भएको थियो । दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले सबै घटनाका अभियुक्तलाई उचित समयमा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

710 total views, 2 views today