महासंघको भवन निर्माणमा सहयोगी दाता थपिदैं

रोल्पा अनलाइन Thursday, September 13, 2018

रोल्पा, भदौ २८ । नेपाल पत्रकार महासंघ रोल्पा शाखाको भवन निर्माण तथा कल्याणकारी कोष स्थापनार्थ सहयोग संकलन अभियानमा सहयोग जुटीरहेको छ ।


महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माको पहलमा सञ्चालित अभियानमा पछिल्लो पटक लेखापढी कानून व्यवसायी एसोसिएसन रोल्पाबाट १० हजार, नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्री ‘तोराबोरा’बाट ६ हजार, सुलिचौरका धनलक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्ष किशन विष्टबाट ५ हजार १ सय, सुलिचौरका न्यू योगेन्द्र एण्ड सुरेन्द्र किराना पसलका निमबहादुर थापाबाट ५ हजार १ सय ५, ऐपेली किराना पसल रुइनीबाङका भेगम घर्तीमगरबाट ५ हजार १ सय, रेडियो रोल्पाका स्टेशन म्यानेजर घनश्याम आचार्यले स्व. बुवा किमान्द आचार्यको स्मृतिमा ५ हजार १ सय प्रदान गर्नुभएको छ । यसै गरी यसैगरी जलजला क्याम्पस लिबाङ रोल्पाका प्रध्यापकहरुबाट पनि सहयोग संकलन भइरहेको क्याम्पस परिवारलाई महासंघलाई हस्तातरण गरिने क्याम्पसका प्रमुख विष्णु आचार्यले बताउनुभयो ।
यस्तै रोल्पा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापा, निर्माण व्यावसायी जनक खड्का, राजविर घर्तीमगर, धु्रव बहादुर रोका, सुलिचौरका घुसबाङे लाहुरे ढोकानका विरबहादुर घर्तीमगर लगायतले सहयोग दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सबै सहयोगी निकायको सहयोगमा नै अभियानमा सफल भइ रहेको महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माले धन्यवाद व्यक्त गर्नुभएको छ । अब भवन निर्माणका लागि ग्रील व्यवसायीहरुले सहयोग गर्ने भएका छन् भने खानेपानी जडान लिबाङ बजार खानेपानी तथा सरफाई उपभोक्ता समितिले निःशुल्क गरिदिने अध्यक्ष लिलाधर आचार्यले जानकारी दिनुभएको छ ।

153 total views, 1 views today