रोल्पा बन्द खुल्यो, भोली प्रशासन कार्यालय घेराउ

रोल्पा अनलाइन Monday, September 10, 2018

रोल्पा, भदौ २५ । नेपाल तरुण दल रोल्पाले आफ्ना नेताको हत्या भएको विरोधमा गरेको रोल्पा बन्द खुलेको छ ।


जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकबाट दोषीलाई हदैसम्मको कारबाही गर्ने र त्यसका लागि मुद्धा चलाउने लगायतको सहमति भएपछि बन्द दिउसो ५ बजेबाट खुलेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिनुभयो ।
यता तरुण दलले घटनाको विरोध स्वरुप भोली देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएको छ । केन्द्रीय सर्कुलर अनुसार प्रशासन घेराउ गर्ने कार्यक्रम रहेको तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले बताउनुभयो ।

1,307 total views, 2 views today