तरुण दल नेता हत्याको विरोधमा प्रदर्शन

पहलमान घर्ती Monday, September 10, 2018

रोल्पा, भदौ २५ । नेपाल तरुण दल रोल्पानगर कार्यसमितिकाअध्यक्ष रोहितपुनको गोली हानी हत्या गरिएको विरोधमा तरुण दल रोल्पाले आज सदरमुकामलिबाङमाविरोध प्रदर्शन गरेको छ ।


काँग्रेस जिल्ला पार्टी कार्यालयबाट सुरु भएको जुलुसले लोकतान्त्रिकचोक, पिपलचौतारा, सात्तालेखोलाशिबालयमन्दिर हुदै जिल्लाप्रहरी कार्यालय अगाडी १५ मिनेट विरोध प्रदर्शन गरेको थियो । विरोध प्रदर्शन पछि विरोधसभामाबोल्दै काँग्रेस रोल्पाका नेताहरुले हत्यागरिएकापुनलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारको सुरक्षादिनुपर्ने, हत्याराहरुलाई कानुन कारबाहीगर्नुपर्ने माग गरेका छन् ।
घटनामा संलग्न रहेको आरोपमाप्रहरीले ५ जनालाई पक्राउ गरेको छ । भने अन्य ३जनाफरार रहेको बताइएको छ ।पुनको हिजो रोल्पाको सुलिचौरमा एक रेष्टुरेन्टमा लगेर गोलीहानीहत्यागरिएको थियो । साँझ ५ बजेपछि बन्द खुलेको छ ।

334 total views, 1 views today