बजुधुरीमा पर्यटन अभियान

हर्क घर्तीमगर Sunday, September 9, 2018

पाेबाङ । बजुधुरी ससंयुक्त सुनछहरी युवा क्लव सुनछहरी ४ स्यूरी राेल्पाकाे “पर्यटन र हाम्राे यात्रा संगसंगै”अभियान सुनछहरी ५ जैमामा अबस्थित २५०० मिटर अग्लाे बजुधुरीकाे शिरमा पुगेकाे छ । अभियानले बजुधुरीमा पर्यटन सम्बन्धि अन्तरक्रिया गरेकाे छ ।

क्लबका अध्यक्ष मनकुमार घर्तिमगरकाे अध्यक्षता एवं सुनछहरी ५ नं.वडाका अध्यक्ष तिलक बुढाथाेकीकाे प्रमुख अातिथ्यतामा भएकाे अन्तरक्रियामा कार्यक्रममा सुनछहरी गाउँ पालिकाका नायव सुब्बा दया बहादुर बुढामगर, पसु सेवा विभागका प्रमुख पशु चिकित्सक सुन बहादुर पुनमगर,पशु सेवा कार्यालयका पशु प्राबिधिक घणश्याम वलि,देवि मन्दीर अाधारभुत बिद्यालय पाेबाङका प्रधानाध्यापक बिष्णु प्रसाद खनाल,लक्ष्मी प्राबि थनबाङ का शिक्षक बिष्णु प्रसाद न्याैपाने नेपाल रेडक्रस साेसाइति उपशाखा पाेबाङका उपसभापति रिमु खत्रि,पत्रकार द्वय हर्क घर्तीमगर र जुनिसकुमार बिष्ट थनबाङ स्थित युवा बुध्दिजिविहरू महिला अामासमुह लगायतकाे सहभागिता रहेकाे थियाे । अभियानकाे जानकारी एवं अन्तरक्रियाकाे बिषयबस्तु माथि सहजिकरण क्लवका कार्यक्रम संयाेजक रण बहादुर घर्तिमगरले गर्नुभएकाे थियाे । अभियानकाे याे तेस्राे कार्यक्रम हाे । यस अघि सुनछहरी झरणा स्यूरी र विबाङ दह गाममा यस्ता कार्यक्रम सम्पन्न भैसकेका छन् । बजुधुरी समुन्द्र सतह देखि २४८० मिटर उचाइमा रहेकाे छ । यहाँ बाट सुनछहरी गउपालिकाका ७ वटै वडाका गाउहरू अबलाेकन गर्न सकिनुका साथै नेपालकाे धेरै स्थानहरू हेर्न सकिन्छ

77 total views, 1 views today