भुल्के खानेपानी आयोजनाले तेबाङीको पुस्तौंदेखिको समस्या हट्दैं

रोल्पा अनलाइन Friday, September 7, 2018

रोल्पा । जिल्लाकै सबैभन्दा ठूलो भुल्के खानेपानी आयोजना सञ्चालन भएपछि रोल्पाको सुनिलस्मृति गाउँपालिका–७ तेबाङका स्थानीयहरु हर्षित भएका छन् । खानेपानी आयोजना मार्फत घर–घरमा धारा जडान हुनेभएपछि दैनिक एक घण्टा हिडेर खानेपानी बोक्दै आएका स्थानीयहरु हर्षित बनेका हुन् । १२ किलोमिटर टाढा रहेको मुहानबाट गाउँसम्म खानेपानी आइसकेको छ भने अहिले ट्याङकी र धारा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गाउँमा खानेपानी आउने भएपछि आफूहरुको पुस्तौंदेखिको समस्या हट्ने भन्दै बृद्धबृद्धा समेत निर्माण कार्यमा जुटेका छन् ।


तत्कालिन जिल्ला खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय रोल्पाले गत वर्षदेखि सुरुगरेको खानेपानी आयोजनाको लागत ५ करोड भन्दा बढी रहेको छ । खानेपानी आयोजनाको काम अहिले करिब ८० प्रतिशत सम्पन्न भएको आयोजनामा खटिएका प्राविधिकको भनाई छ । जिल्लाकै सबैभन्दा ठूलो भुल्के खानेपानी आयोजनाले तेबाङका साढे चार सय घरधुरीमा मात्र नभई यहाँका विद्यालय र शौचालयमा समेत प्रशस्तै पानी प्रयोग गर्न सकिने भएको छ । गाउँमा प्रशस्तै खानेपानी आएपछि अब यहाँका स्थानीयले खेरजाने पानीलाई जम्मा गरेर थोरैभएपनि तरकारी उत्पादनमा लाग्ने स्थानीयको भनाई छ ।

हेर्नुहोस भिडियो रिपोर्ट …

304 total views, 1 views today