प्राइम लाइफद्धारा अभिकर्तालाई तालिम प्रदान

रोल्पा अनलाइन Saturday, September 1, 2018

रोल्पा, भदौ १६ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पाको लिबाङमा दुई दिने जीवन विमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ ।


शुक्रवार र शनिवार लिबाङमा भएको तालिमा ३० जना भन्दाबढी अभिकर्ताहरुलाई प्रशिक्षण प्राइम लाइफको प्रदेश ५ कार्यालय बुटवलका प्रमुख शिव पौडेलले दिनुभएको थियो । यस्तै तालिममा प्राइम लाइफको शाखा कार्यालय दाङका प्रमुख विमल खड्का र रोल्पा उपशाखा प्रमुख नारायण रेग्मीले पनि विमाको बारेमा प्रशिक्षण दिनुभएको थियो । तालिममा अभिकर्ताहरुको काम कर्तव्य र विमा सम्बन्धी कानुनी व्यवस्था र फाइदाका बारेमा जानकारी गराइएको थियो ।
यसैबीच तालिमको समापनका अवसरमा शनिवार जिल्लाबाट गत आर्थिक वर्षमा प्राइम लाइफको एजेन्सी म्यानेजर बन्न सफल ४ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा शेरबहादुर थापा, सनिलकुमार ओली, कृष्णप्रसाद रेग्मी र तेजकुमारी विष्ट रहनुभएको छ । यस्तै छोटो समयमै सबैभन्दा बढी प्रिमियम रकम संकलन गरेको भन्दै विजनेस अफिसर कल्पना घर्तीलाई पनि सम्मान गरिएको थियो ।

149 total views, 2 views today