करलाई बैज्ञानिक र व्यवहारीक बनाउनुपर्नेमा जोड

रोल्पा अनलाइन Monday, August 20, 2018

बुटवल, भदौ ४ । सरकारले लगाएको कर अबैज्ञानिक र चर्को भएकोले बैज्ञानिक ढंगवाट कर समायोजन गर्न सरोकारबालाहरुले माग गरेका छन् ।


उनीहरुले प्रदेश र स्थानीयसरकारले बृद्धि गरेको करले सर्वसाधारणमारमा परेकोले करको दर नभइदायरा बढाउनुपर्ने बताए । करलाई बैज्ञानिक र व्यवहारीकबनाउनु पर्ने माग गरे ।
रिपोर्टर्स क्लवप्रदेश पाचँले आज बुटवलमा आयोजनाका गरेको साक्षात्कार कार्यक्रममाबोल्दै आर्थिक मामिलातथा योजनामन्त्रालयका सचिबथानेश्वर गौतमले मुलुकमाबित्तिय संघीयता अबलम्बन गरेको स्मरण गराउदै करको बारेमा सचेतनामुलकशिक्षा जरुरी रहेको बताए ।
संघीयतालाइ खराबभन्नथालिएको छ यसलाईब्यबस्थितगर्न जरुरी रहेको बताए ।उनले भर्ने कानुनबिपरित कतिपयनगरपालिकाहरुमाशुल्कलिइएको हल्ला सुनिएको छ यदित्यस्तो रहेछ भने प्रदेश ५ सरकारले यसलाइनियमनगर्दछ ।
उनले देशमानयानीतिलिदाअलीकमहंगो हुनु स्वभाबिकभएकोले संघीयताको अहिले नै मुल्यांकनगर्न नहुने बताए ।यसलाई सहि मार्गमा लैजानको लागि सवै पक्षजिम्बेबार हुनुपर्ने बताए ।

छत्रदेब गाउपालिका अर्घाखांचीकाअध्यक्षलेखनाथपोखरेलले स्थानीयतहमापनि फरकफरक नीति देखिएको बताए ।उनले केहीनगर र गाउँपालिकाहरु कारणले सबै स्थानीयतहले कर जनतामाराबनाए जस्तौ देखीएपनिवास्तविकतानभएको दावी गरे ।
गाउँपालिकाहरुले पहिलाजनतालाई आयस्रोत बढाउनको तर्फ ध्यानदिनुपर्ने भन्दै करको दायरमाल्याउनु पर्ने बताए
। उनले स्थानीयतहले मात्रै सवै कर बृद्धि नगरेको केही जरिमानपनि करको रुपमाबुझेको बताए ।उनले भर्ने कर तिर्न योग्यबनाउनकालागिहामीलागेका छौं,हाम्रो आयु ४ बर्षको मात्रै आयु हो ,भोलीकोे हैसीयत के हो त्यो सम्झनुहोला ।उनले जनप्रतिनिधिलाइआग्रह गरे ।
तिलोत्तमानगरपालिकाकाप्रमुखप्रशाशकियअधिकृत कृष्ण प्रसाद सापकोटाले आफ्नो नगरपालिकाले कर बृद्धि गरेको हल्लाआएपनिआफुहरुले १२ प्रकारका छुट दिएको बताएका छन् ।
उनले तिलोत्तमाआएका करको सवै नकारात्कबिषयलाई मात्रबुझ्न नहुने बताए । बिषयगत बृहत छलफल गरी कर नगरपालिकाभित्रलागु गरीएको बताए ।
नेपालीकांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले अहिले बुटवलमा उपमहानगरपालिकाले कर जनताको आयस्रोत विना , भौतिकपुर्वधार विकास विनालागएको बताए ।
उनले बुटवलमा औषधिमा साढे सात सयप्रतिशत ,घरबहालमा ४ सय प्रतिशतसम्म,हाटबजारमा तरकारी बेच्नेले सम्म बृद्धि भएको तत्काल समायोजन नगरे कडा आन्दोलनगर्ने चेतावनीदिए ।
उनले करबृद्धि सबैदलको सहमतिमागर्नुपर्ने र करलाइजुन क्षेत्रबाट हो त्यहि क्षेत्रमालगाउनआग्रहगरे ।
उनले बुटवलमा नेपालीकाग्रेसले १ बर्ष सम्मपर्ख र हेरको स्थितीमा वसेपनि कर मनोपोली ढंगबाट बृद्धि गरेपछि बाध्यभएर सडक आन्दोलनजानु परेको बताए ।
बुटवल बहुमुखीक्याम्पसका सहप्राध्यापक नुरजंग केसीले कर तिरेको अनुभुतीजनतालाइहुननहुने बताए। उनले कर तिर्दा जनताले गर्व गर्ने बाताबरणमा मात्रै करको भ्यालु हुने भन्दै बुटवलउपमहानगरपालिकाले अस्वाभिक ढगँले कर बृद्धि गरेको बताए । उनले बुटवलमा कर आतंक सृजनाभएको बताए ।
करदानक्षमताको आधारमा कर लगाउनु जरुरी रहेको तर मकै पौल्ने देखीकुखुराको मासु काटेर बेच्चे सम्मलाई एउटै डालोमाहालेर नगरपालिकले कर लिएको बताए । रिपोटर्स क्लवप्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामाभएको कार्यक्रमको संचालनकपिल ज्ञवालीले गरेकाथिए ।

97 total views, 3 views today