गरिब परिचयपत्र वितरण

भरत नेपाली Monday, August 13, 2018

रोल्पा, साउन २८ । रोल्पाको सुनिल स्मृति गाउँपालिकाले आइतवार देखि गरिव घरपरिवारलाई परिचयपत्र वितरण कार्य शुरु गरेको छ ।


नेपाल सरकारले २०६९ सालमा कर्मचारी खटाइ गरिव घर परिवारको छनोट गरेकोे र सोहि अनुसार गरिव घर परिवारलाई परिचयपत्र दिने सरकारको निर्णय अनुसार परिचयपत्र वितरण गरेको सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुर्णेद्र घर्तीले बताउनुभयो । आइतवार सुलिचौरमा एक कार्यक्रमको आयोजना गरी परिचय पत्र वितरण कार्य शुरु गरिएको हो । देश भरि गरिव घरपरिवार भन्दा सम्पन्न परिवारले गरिव परिचयपत्र पाएको गुनासो आईरहेको भएपनि यस गाउँपालिकामा भने एकाध बाहेक गरिव परिवारले नै परिचयपत्र पाउन लागेको गाउँपालिकाले बताएको छ । सुनिल स्मृति गाउँपालिकामा ९ सय ३९ घर परिवारले गरिव परिचयपत्र पाउन लागेको गाउँपालिकाले जानकारी दिएको छ ।

332 total views, 1 views today