जीप दुर्घटना : १ को मृत्यु, १ गम्भीर

रोल्पा अनलाइन Monday, August 13, 2018

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका–१, दिसुन्धारामा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने अन्य १ जना गम्भीर घाइते भएका छन् ।

रुन्टीगढी–१, लिबाङीआपबाट होलेरी जाँदै गरेको लु १ त ९४९३ नम्बरको यात्रुवाहक जीप आज बिहान दुर्घटना हुँदा रुन्टीगढी गाउँपालिका–९, सखीका ४ वर्षीया रितु कार्कीको घटनास्थलमै मृत्यु भएको स्थानीय लालबहादुर वलीले बताउनुभयो ।

क्षमताभन्दा धेरै यात्रु बोकेको जीप कच्ची सडकको घुम्तीमा चिप्लेर दुर्घटना भएको वलीले बताउनुभयो । गाडीमा सवार अन्य १८ जना मध्ये एक जना गम्भीर घाइते भएको बताइएको छ ।

437 total views, 1 views today