सिम्पल कान्छाको ‘टल टल तिजैमा टल्किने’

दिनेश सुवेदी Monday, August 13, 2018

रोल्पा । संञ्चारकर्मी तथा गायक लोकेन्द्र सेन ‘सिम्पल कान्छा’ले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसर पारेर ‘टल टल तिजैमा टल्किने’ तिज गित बजारमा ल्याएका छन ।

रेडियोकर्मी संगै हास्य ब्यङग्यमा पोक्त उनले आफ्नो गित छोटै समयमा दर्शक श्रोताले रुचाएको बताए । ‘यो गित चाडबाडमा फजुल खर्च नगर्न सन्देश मुलक गित हो । मौलिक भएकाले सबैले रुचाएको अनुमान गरेको छु ।’ लोकेन्द्रले भने । ‘गित बजारमा आईसक्यो अब मुल्याङ्कन गर्ने जिम्मा श्रोता, दर्शकको हो ।’
केटा–‘सिरै लाउने सिरफुल किनिदिउला सानु,
टल टल तिजैमा टल्काउने ।
कम्मर लाउने साडि किनिदिउला सानु,
ढलढल कम्मरै ढल्काउने ।’
केटि–‘सिरै लाउने सिरफुल किन्दिन्छु नभन,
त्यसै पनि नाच्दिन्छु फनन ।
पोहर सालकै साडि कम्मरमै लाईकन,
छम्म छम्म नाच्दिन्छु फनन ।’
रमेश रोकाको शब्दमा ‘सिम्पल कान्छा’कै लय संगित रहेको गितमा लोकेन्द्र सेन संगै चर्चित गायीका शान्तिश्री परियारले स्वर दिएकि छिन । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गित अक्सिजन मिडिया प्रालिले बजारमा ल्याएको हो । भर्खरै बजारमा आएको म्युजिक भिडियोमा दिपक बिसि, अस्मिता बिसि र दिपिशा बिसि लगायतको अभिनय रहेको छ । मदन खड्काको निर्देशन, बिरेन्द्र भट्टको छायांकन र कबिन्द्र वलीको सम्पादन रहेको म्युजिक भिडियोको दृष्य निर्माण अक्सिजन मिडियाले गरेको हो ।
‘पछिल्लो समय भड्किलो बन्दै गएको तिजलाई यो गितले केहि मात्रै भए पनि सन्देश दिने बिश्वास लिएको छु ।’ सेनले भने । ‘गितमा पनि केहि सन्देश त हुनु प¥यो नि ।’ यो गित भन्दा पहिले पप, लोक गित, ब्यङग्य गरि ५ वटा एलबम बजारमा ल्याएका ‘सिम्पल कान्छा’को तिज गित भने यो पहिलो प्रश्तुति हो ।

नागरिक दैनिकबाट

187 total views, 3 views today