युवा दिवसमा युवाको बारेमा चिन्ता

रोल्पा अनलाइन Sunday, August 12, 2018

रोल्पा । युवा दिवसको दिन आज रोल्पामा युवाहरुको बारेमा चासो र चिन्ता व्यक्त गरिएको छ । जिल्ला युवा समिति रोल्पाले सदरमुकाम लिबाङमा आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरुले युवाका बारेमा चिन्ता जनाएको हुन् ।


‘युवाहरुको लागि सुरक्षित स्थान’ भन्ने नारा तय गरिएको १८औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्लाका युवाहरुको बारेमा पत्रकार खेम बुढाले चित्रण गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले युवाहरुलाई सत्तामा पुग्न भ¥याङ मात्र बनाइएको भन्दै अवसर पनि दिनुपर्ने बताएका थिए ।
जिल्ला युवा समिति रोल्पाका अध्यक्ष ठाकुरप्रसाद वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले युवाको बारेमा चासो व्यक्त गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी रहनुभएको थियो । यस्तै प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, नेकपाका प्रतिनिधी फविन्द्र आचार्य, नेपाली काँग्रेस रोल्पाका कावा सभापती किशोरकुमार आचार्य गैरसरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष कर्ण बहादुर बाँठा, पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिङ विक लगायतले युवाहरुको विषयमा भनाई राखेका थिए ।

206 total views, 1 views today