स्थापना दिवसमा चियापान तथा सम्मान कार्यक्रम

रोल्पा अनलाइन Sunday, August 12, 2018

रोल्पा । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १९ औँ स्थापना दिवसको अवसरमा रोल्पा शाखा आज चियापान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा केन्द्रिय सल्लाहकार खेम बुढामगरलाई सम्मान गरिएको हो । फोनिजका पूर्वमध्यपश्चिम क्षेत्रीय संयोजक बुढा हालै मात्र केन्द्रीय सदस्यमा चयन हुनुभएको थियो । फोनिज रोल्पाका अध्यक्ष हर्क घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पत्रकार तथा मगर अग्रजहरुको उपस्थिति रहेको थियो ।

118 total views, 2 views today